माछापुच्छ्रे बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

माछापुच्छ्रे बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
प्रकाशित : :

धनगढी : माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५, झिलमिलास्थित श्री बैजनाथ माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ ।

विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी, गुणस्तरीय तथा व्यवहारिक बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले खेलकुद सामग्री, फर्निचर तथा प्राविधिक प्रयोगशालाका लागि आवश्यक सामग्री उपलब्ध गराएको बैंकको धनगढी शाखाका शाखा प्रबन्धक शिवराज पाठकले जानकारी दिए ।

माछापुच्छ्रे बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

बैंकका प्रदेश प्रमुख विष्णु लामिछानेका अनुसार उक्त सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ प्रक्रिया, सिर्जनशीलता तथा सीप विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

माछापुच्छ्रे बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासलगायतका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट