नेपाल क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा छन । उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।
नाबालिगमाथि बलात्कार आरोपमा उनी असोज २० मा प्रहरीको नियन्त्रणमा पुगेका थिए । त्यसयता सन्दीप अनुसन्धानका लागि प्रहरी हिरासतमा रहे ।
अहिले अदालतले उनलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । कारागारमा रहेका कारण सन्दीप सोसल मिडियाको पहुँच आउन सक्दैनन् ।
तर, बिहीबार विहानै उनको आधिकारिक ट्वीटर ह्याण्डिलबाट एक ट्वीट भएको छ । सन्दीपले ट्वीटर चलाउन थालेको ८ वर्ष पूरा भएकोबारे ट्वीट लेखिएको थियो ।
यो ट्वीट सन्दीपले जेलभित्रैबाट गरेका भने होइनन् । ट्वीटरकै ट्वीएजकमले यो अटोमेटिक ट्वीट गरेको हो ।