एनआईसी एशिया बैङ्क मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुँदा स्थानीय खुसी

एनआईसी एशिया बैङ्क मार्फत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण हुँदा स्थानीय खुसी

एन.आईसी. एशिया बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर संचालन गरेको छ । भीमदत्त नगरपालिका, कन्चनपुरको समन्वयमा एन.आई.सी. एशिया बैंक महेन्द्रनगर शाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरुले बताएका छन् । जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको एन.आई.सी. एशिया बैंक सुदूरपश्चिम प्रदेश प्रमुख सुबास जोशीले बताए ।

उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरुलाई थप खुसी मिलेको बताए ।

वडा नम्बर ९ को वडा कार्यालयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा ७ सय ५० लाभग्राही लाभान्वित हुने भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता वडास्तर बाटै बाँडिने एन.आई.सी. एशिया बैंक लि., महेन्द्रनगर शाखाका शाखा प्रमुख हेमराज बिष्टले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार