मनमोहक वातावरण सहित धनगढीमा पीसल्यान्ड रिसोर्टको सेवा सञ्चालनमा

धनगढीमा भ्यू टावरसहित पीसल्यान्ड रिसोर्ट सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ वडहरामा रिसोर्ट सञ्चालनमा आएको हो।

धनगढी : धनगढीमा भ्यू टावरसहित पीसल्यान्ड रिसोर्ट सञ्चालनमा आएको छ। धनगढी उप-महानगरपालिका वडा नम्बर–३ वडहरामा रिसोर्ट सञ्चालनमा आएको हो।

उक्त रिसार्टको मुख्य आर्कषण भ्यू टावर रहेको सञ्चालक कवीन्द्र ऐरले बताए। सेमिनारहल, लज, रेस्टुरेन्ट तथा शान्त वातावरणमा रिसोर्ट सञ्चालनमा ल्याइएको छ। भ्यू टावरमा चढेर पुरै धनगढीलाई नजिकबाट नियाल्न सकिने ऐरले बताए।

उनले भने, ‘भ्यूटावरमाथिबाट दुरवीनले हेर्दा चिसापानी माथी रहेको डाँडा र सूर्यास्तको पनि नजिकबाट अवलोकन गर्न सकिने छ।’ दुवई तथा सिंगापुरका पाँच तारे होटलमा म्यानेजर भएर काम गरिसकका र धनगढी फर्किएर विभिन्न कलेजमा होटल म्यानेजम्यान्ट पनि अध्यापन गराइरहेका ऐरले धनगढीमा फरकपन भएको रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।

‘मैले दुवई र सिंगापुरका ५ तारे होटलमा म्यानेजर भएर काम गरेको अनुभव छ।’ उनले भने, ‘आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्न र धनगढीलाई नयाँपनको अनुभव गराउन यो रिसोर्ट संञ्चालनमा ल्याएका हौ।’

रिसोर्टमा अहिलेसम्म ५ करोडबढी लगानी लागि सकेको र थप ५ करोड लगानी गर्ने योजना रहेको उनले बताए। उनले उक्त स्थानमा पाँच तारे होटल खोल्ने आफ्नो सपना रहेको बताएका छन्।

भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज रिसोर्ट नजिक रहेकाले उक्त स्थानमा चराचुरुङ्गीको पनि राम्रो उपस्थिती रहने रिसोर्टका संचालक समिति सदस्य तथा व्यवस्थापक विक्रम शाहले बताए।

‘हाम्रो रिसोर्ट धनगढी चौराहबाट करिब २ किलोमिटर मात्र पश्चितिर छ।’ शाहले भने, ‘क्याम्प फायर तथा सुविधा सम्पन्न रेस्टुरेन्टको पनि व्यवस्था छ।’ रिसोर्टमा दैनिक कालिज तथा लोकल कुखुराका विभिन्न परिकार पाइने उनले बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार