धनगढी : सांग्रिला डेभलपमेण्ट बैक लिमिटेडले धनगढीको क्याम्पस रोड शाखाबाट एटिएम सेवा सुरु गरेको छ । बैकले बिहीबारबाट एटिएम सेवा सुचारु गरेको हो ।
सांग्रिला डेभलपमेण्ट बैक लिमिटेडका हाल देश भरी ११२ वटा शाखा कार्यालय रहेका छन् । भने जस मध्ये २९ वटा एटिएमबाट सेवा प्रदान गर्दे आइरहेको छ ।
बैकले सर्वसाधारण तथा ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दे धनगढीमा ३० औँ एटिएम सेवा सञ्चालन गरिएको बैकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र बहादुर बिष्टको भनाई छ ।