धनगढी : कैलालीको गोदावरी नगरपालिका बडा नं. ७ शान्ति टोलकी एक बालिका हराएकी छिन् । उनी बुधवार ३ बजे बाट घर देखी कहाँ गइन भन्ने पत्ता नलागेको हो ।
जिल्लाको गोदावरी नगरपालिका ७ शान्ति टोल बस्ने रमेश बि.क. कि १० वर्षीय छोरी रिदिमा बि.क (रितु) घरमा भाइ सँग झगडा भए पछि खेल्न जान्छु भनी निस्किएको र साँझ सम्म नफर्केपछि खोजी कार्यका लागि प्रहरीमा पनि खबर गरेको रिदिमा काका सान परियारले जानकारी दिए ।
यदि बालिकालाई कहीँ कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८०२९०१६१३ मा फोन गरी जानकारी गराई दिनुहुन रिदिमा बि.क (रितु) का अभिभावकले आग्रह गरेका छन् ।