काठमाडौंः उपत्यकामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा करिब ६ करोड रूपैयाँ लगानी गरी ड्रिम वर्ल्ड एमुज्मेनट पार्क निर्माण गरिएको छ। ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् ।
पर्याप्त पार्किंग स्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि संचालन गरिएको छ। पार्क शनिबार देखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। यो पार्क निजीक्षेत्रको लगानीमा निर्माण गरिएको हो।
आन्तरिक पर्यटनलाई प्रवर्द्धन र काठमाण्डौमै स्थापित गराउने उद्देश्यले पार्क निमार्ण गरिएको संचालक एबम् अध्यक्ष सुमन पुनले बताए । एउटा फरक प्रकृति, नेपालमा कसैले नदेखेको, अनुभव नगरेको फरक किसिमको प्रयोग गरौं भन्ने चाहनाले ड्रिम वल्ड पार्क बनाउन प्रेरित गरेको उनले बताए।

अध्यक्ष पुन सँग २५ बर्ष हङकङ बसेको र विभिन्न देशमा भ्रमण गरेको अनुभव छ । बिभिन्न देशहरुमा देखेर हेरेर यस्तै प्रकारको केही नयाँ नेपालमै केही गरौं भन्ने सोचका साथ नेपाल आएर यो परिकल्पना गरेको उनी बताउँछन् ।
दक्ष जनशक्ति र सीप भएका मान्छे समयमा नभेटिएर योजना गरिएभन्दा बढी समय लागेको बताए। उनले भने ‘हामीलाई निमार्ण गर्न निरन्तर १८ महिना लाग्यो। हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफ़ल र लगानीमा सो एम्यूजमेन्ट पहिलो पटक एउटै घरभित्र नयाँ, आकर्षक र विशेष प्रविधियुक्त वस्तु तथा मनोरञ्जनका साधनहरू सहितको रोचक अनुभवहरू प्राप्त गर्न सकिने छ । नेपालका अधिकांश मानिसका लागि यो पार्क अनौठो हो। यस भित्र बिभिन्न चरणहरु पार गर्दै अगाढी बढ्दा छुट्टै किसिमको नौलो आभाष हुन्छ। जब जब अगाढी बढ्दै गयो तब नयाँ नयाँ किसिमका आउने बिभिन्न थ्रिडी आर्टले मन मोहित तुल्याउँछ ।

पार्क हेर्न गएकी कलाकार अदिति श्रेष्ठ भन्छिन् “मलाई एकदम रमाईलो लाग्यो यहाँ फोटो खिच्ने र रमाइलो गर्ने त छ नै त्यो बाहेक विद्यार्थीहरु लाई धेरै कुरा सिक्न मिल्ने छ । मलाई पनि अन्तरिक्षसँग सम्बन्धित अध्ययनमा रुचि लाग्छ यो मैले हेर्न यहाँ पाए राम्रो अनुभव भयो। त्यस्तै यही पार्क हेर्न आएकी दृष्टी सापकोटालाई पनि यस्तो नयाँ कुरा आफ्नै ठाउँमा खुल्दा खुसी लागेको कुरा उनी सुनाउँछिन् ।

ड्रिम वर्ल्ड भित्रका आकृति तथा संरचनालाई क्रमश: थ्रीडी आयामको भ्रम ,दिव्य कोठा , भ्रमको हल ,बलहरूको क्षेत्र ,बालबालिका क्षेत्र, प्रेमको यात्रा, इन्टरगालेक्टिक स्पेस गरेर सात सेग्मेण्टमा बाँडिएको छ।

शनिवारदेखि १ महिनासम्म सबै आगन्तुकहरूलाई सेवा सुरु भएको अवसरमा नियमित टिकट मूल्यमा २५ प्रतिशत छुट गरेर प्रतिव्यक्ति रू ४५० मात्र कायम गरिएको छ र त्यस्तै वृद्धा असायहरु बच्चाहरुका लागि बिभिन्न छुटहरुको पनि व्यवस्था गरिएको सञ्चालक पुनले जानकारी दिए। क्षमताको दृष्टिले एकैपटक एक सय पचास जनाले हेर्न मिल्ने गरि तयारी गरिएको छ।
भित्र भएका आर्ट र बिभिन्न रोचक चिजले बच्चा देखि वृद्धा सम्मकाले मन पराउने निर्माण टिमको दाबी छ ।








You must be logged in to post a comment.