धनगढी : पशु कल्याण धनगढीले कैलालीको गोदावरी नगरपालिका वडा नं. ९ भल्कामा गौ–संरक्षणका लागि निर्माण गरिएको ‘कान्जी हाउसमा’ सयभन्दा बढी गाईका कङ्काल फेला परेको घटनाको सत्य तथ्य छानबिन गर्न सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पशु कल्याण धनगढीले सम्बन्धित सबै सङ्घ संस्थाहरूको ध्यानाकर्षण गराएको हो ।
संस्थाले विज्ञप्ति मार्फत बाँकी जीवित पशु चौपायाहरूको लागी पनि वासस्थान, औषधी उपचार लगायतका विषयहरू को व्यवस्थापनका लागि समेत पहल गर्न माग गरेको छ ।
यस अघि पशु कल्याण धनगढीका अध्यक्ष चेतराज अवस्थि (यस्पाल)ले उक्त स्थानमा गई भिडियो सार्वजनिक गरेपछि यो घटना विभिन्न सञ्चार माध्यमहरू मा प्रकाशन भएको थियो ।
पशु कल्याण धनगढीद्वारा जारी प्रेस विज्ञप्ति: