धनगढी: शिक्षा क्षेत्रमा एक विशेष पहिचान बनाउँदै आएको माईल स्टोन बोर्डिङ स्कुल, भानु चोक धनगढीले यस वर्षको ‘माईल स्टोन डे २०८१’ विशेष उत्साहका साथ मनाउने भएको छ ।
फागुन २४ गते आयोजना हुने यस कार्यक्रममा विविध सांस्कृतिक तथा नृत्य प्रस्तुतिहरू समेटिएका छन् । भने मौलिक पहिचान झल्काउने उद्देश्यले परम्परागत पहिरनसहितको बृहत् र्याली समेत आयोजना गरिनेछ । जुन फागुन २४ गते बिहान ८ः३० बजे क्याम्पस चोक देखी स्कुल प्राङ्गण सम्म हुने प्रिन्सिपल भुवन मल्लले जानकारी दिए ।
यस विशेष अवसरमा विद्यालय परिवारले अभिभावकहरूलाई पनि सक्रिय सहभागिताका लागि निमन्त्रणा गरेको छ। अभिभावकहरूले सञ्चालन गर्ने फुड स्टलहरू मार्फत विद्यार्थी, शिक्षक तथा अभिभावकबिच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने लक्ष्य लिइएको छ। साथै, विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम तथा अन्य विविध सिर्जनात्मक गतिविधिहरू प्रस्तुत गर्नेछन्।

माईल स्टोन बोर्डिङ स्कुलको नेतृत्वकर्ता प्रधानाध्यापक भुवन मल्ल सम्भवतः सुदूरपश्चिमकै कान्छा युवा प्रिन्सिपलको रूपमा रहेको ऐतिहासिक विशेषतासमेत स्कुलले बोकेको छ ।
साथै, विद्यालय व्यवस्थापन, शिक्षक-शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता र योगदानले यस वर्षको ‘माईल स्टोन डे २०८१’ झन् भव्य र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ।






You must be logged in to post a comment.