यातायात व्यवसायीको प्रश्न : रातो प्लेटको गाडी चल्दा कोरोना नसर्ने कालो प्लेट चल्दा सर्ने ?

काठमाण्डौ । सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरले कालो पिलेट गाडीहरुलाई सचालन गर्ने तर्फ सरकारको चासो नदेखिएको भन्दै आक्रोस ब्यक्त गरेका छन् ।
सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरले सार्वजनिक यातायातलाई राहत समेत ब्यवस्था नगरेको र संचालन गर्ने तर्फ समेत स्पष्ट खाका नआएको भन्दै आक्रोस ब्यक्त गरेका हुन ।

रातो नम्बर पिलेटका सवारी निर्धक रुपमा बिभिन्न बहानामा पास लिई संचालन भैरहेको र कालो नम्बर पिलेटका सवारी मात्र रोकावट भएकोले सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने ब्यवसायीहरु तथा मजदुरहरु निरास भएका हुन । उनिहरुले कि सबै सवारी रोकिनु प¥यो नत्र कालो नम्बर पिलेटका सवारीलाई मात्र किन रोक्ने भन्ने आवाज उठाउन थालेका छन् । बैक तथा इन्स्योरेन्स कम्पनीलेहरुले दिनमा १० पटक फोन गर्न थालिसके सरकारको स्पष्ट खाका आएको छैन यातायात ब्यवसायीको गुनासो छ । उनिहरुले स्वास्थ्य सुरक्षा विधि अपनाउदै सार्वजनिक यातायात पनि सञ्चालन गर्न माग गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार