आधा यात्रु राखेर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने

धादिङ । लकडाउनका कारण चैत ११ गतेबाट बन्द रहेका सार्वजनिक सवारी आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा आउने भएका छन्।  कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको लकडाउनका कारण बन्द रहेका सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय सरकराले गरेको हो। 

कुल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दूरीका सवारी सञ्चालन हुने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन्।

अर्थ–सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका प्रवक्ता खतिवडाले एक पंक्तिको एक सिटमा एक जना हुनेगरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ।सवारी, चालक र सह चालकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ। गाडीमै सेनिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचालकले मास्क सँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक निसंक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने उहाँले बताउनुभयो ।  

सार्वजनिक यातायातले यो मापदण्ड लागु हुँदासम्म प्रचलित भाडा दरमा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन्। ट्याक्सी सेवा पनि सञ्चालनमा आएका छन्। यसअघि चालकबाहेक २ जना मात्रै बस्न पाइने गरी नियम बनाएकोमा अब २ जनाबाहेक एकै परिवारका ५ वर्ष मुनिका अरु सदस्यहरु समेत ट्याक्सीमा सवार हुन पाउने छन्। भाडादर भने पुरानै कायम छ। ट्याक्सीहरू तत्कालै सञ्चालन भए पनि अन्य सार्वजनिक सवारीको हकमा सुरक्षा प्रवन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्ने उहाँले बताउनुभयो । thahakhabar

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार