बुढेसकालमा अझै खुसि बन्न सम्भव छ त ?(यस्ता छन् बुढेसकालमा खुसि हुने उपायहरु)

रामकुमार थापा 
 
मानिस हरेक क्षण खुसि बन्न चाहन्छ तर ऊ चाहेजती खुसी बन्न सकिरहेको छैन । खुसि बन्न ईच्छा पनि छ तर मानिस खुसि बन्न सकिरहेको छैन । मानिस आफ्नो ईच्छा अनुसार दैनीक जिवन विताईरहदा त खुसि छैनन भने अझै बुढेसकालमा खुसि बन्न कत्तिको सम्भव होला त ? त्यो बेलामा अरुको सहारा लिनुपर्ने हुन्छ ।

तपाईले महशुस गर्नुभएको छ त ? म चाँहि खुसी बन्न कत्तिको सकिरहेको छु । खुसी भन्ने कुरा एउटा शक्ति हो जुन शक्तिले तपाईको प्रत्येक पल आनन्दमय बनाईरहेको छ ।

जुनबेला हामि सँग पैसा हुदैन, बल हुदैन, रोगले सताएको हुन्छ, परिवारका सदस्यहरु गुमाई सकेका हुने छौँ ।अहिले जेपनि गर्न सक्ने बेलामात हामि खुसि हुन सकेका छैनौ भने बुढेसकालमा अर्काको सहारा लिनुपर्ने बेलामा खुसि बन्न कत्तिको सम्भावना छ त ?बुढेसकालमा त्यस्तो के छ, जसले मानिसलाई बढी खुसि दिन्छ ?मानिसको उमेर जति ढल्कदै जान्छ त्यती नै उसलाई अभाव, दबाव र रोगले सताउदै जान्छ ।खुसि बन्नको लागी के गर्नुपर्छ त ?खुसि बन्नको लागी यहि नै गर्नुपर्छ भन्ने आधार चाँहि छैन तर तपाईलाई जे गर्दा आनन्द लाग्छ त्यही नै खुसि हो । व्यस्त रहनु,घुमफिर गर्नु,सार्बजनिक कार्यक्रमा सहभागिता जनाउनु,साथिसंगीसँग नियमित भेटघाट गर्नु जस्ता कुराले सहज जीवन बिताउन सहयोग गर्छ ।

बुढेसकालमा सन्तुष्ट मानेर बस्ने की युवा अवस्थामा गरेको गतिविधिहरुलाई पछुताएर बस्ने भन्ने कुरा चाँहि तपाईको हातमा छ । जीवन जसरी बिताएपनी वित्ने गर्दछ । जीवनलाई परिवर्तन गर्न सकिन्छ र जीवनको ढाँचा परिवर्तन गर्न सकिन्छ यी सबै कुरा गर्नको लागी तपाईमा सकारात्मक सोच र तिव्र चाहना हुनुपर्छ ।बुढेसकाल कस्तो हुन्छ भन्ने कुरा त्यस समयमा तपाई कति स्वस्थ्य र सन्तुष्ट बन्न सक्नुहुन्छ ?त्यसमा निर्भर रहन्छ ।

निश्चयनै स्वास्थ्य बुढेसकालको सबैभन्दा ठुलो चुनौती हो । त्यसको लागी तपाई आजैदेखी सचेत बन्नुपर्छ । बुढेसकालमा कति स्वस्थ्य हुने भन्ने कुरा स्वयम व्यक्तिकै हातमा हुन्छ । शारीरीक मात्र होईन मानशिक स्वास्थ्य पनि उत्तिकै महत्वपुर्ण हुन्छ ।बुढेसकाल कस्तो हुने भन्ने कुरा तपाई कत्ति खुसि हुनुहन्छ भन्ने कुरामा निर्भर रहन्छ नै । अनेकौ सर्वेक्षण र अध्ययनमा उमेर बढ्दैजाँदा खुसि पनि बढ्ने तथ्य फेला परेको छ ।

के गर्दा बुढेसकालमा खुसि भईन्छ त ?

बृद्धबृद्धाहरु सानो कुरामा पनि खुसि बन्न सक्छन् । बुढेसकालमा खुसी बनाउन वा खुसि हुनको लागी ठुलो प्रगती हुनुपर्दैन । सानो नातिनातिनाले मुखमा हेरेर हास्यो भनेपनि उनीहरु एक हप्ता सम्म खुसी बन्न सक्छन् । परिवारमा मेलमिलाप र एकले अर्कोलाई हेरचाह गरेमा पनि बुढेसकालमा खुसि बन्न सकिन्छ । परिवारले बोझको रुपमा नलिनेहो भने पनि खुसि बन्न सक्छन् बुढेकालमा मानिसहरु बढी आशाबादी हुन्छन् । त्यसबाहेक नातिनातिना खेलाउने पनि बुढेसकालमा खुसिको मात्रा थपिन्छ ।

बुढेसकालमा पक्नै पनि रोग,शोक, एक्लोपनजस्ता भयानक चिजले बुढेसकालमा भने पछ्याउछ । यद्यपी ती नकारात्मक कुराबाट छुटकारा पाउने वा तिनलाई कम गर्ने उपायहरु छन् ।बुढेसकालमा व्यस्त रहनु, घुमफिर गर्नु, सार्वजनिक कार्यक्रममा सहभागिता जनाउनु, साथिसँग नियमित भेटघाट गर्नु , धार्मिक देवीदेवताको पुजा गर्ने, बर्षको एक दुई पटक पारिवारीक भ्रमण गर्ने, एकले अर्कोलाई बुझ्ने जस्ता कुराले सहज जीवन विताउन सहयोग गर्दछ ।

स्वास्थ्यमा सुधार गर्न खानपान र रहनसहन सधै महत्वपुर्ण हुन्छ । स्वस्थ खाना,कुलतबाट छुटकारा, पर्याप्त सुताई स्वस्थ्य जीवनका आधार हुन् । त्यसैगरी सामान्य स्वास्थ्य समस्यालाई बुढेसकालको लक्षण ठानी बेवास्ता गर्नु राम्रो होईन । सामान्य स्वास्थ्य समस्यालाई बेलैमा समाधान गर्दा ठुला जोखिमबाट पार पाउन सकिन्छ ।

लामो समय सम्म एक्लै बस्नु, वा निरन्तर कुनै एक कुरा समस्यालाई सोचिरहन, चिन्ता लिनु, दुखी हुनु, अभागी ठान्नु, परिवारले बोझको रुपमा लिए होला भन्ने सोचाई आउनु, चिन्ता हुनसाथै ओछ्यान लगाएर सुत्नुराम्रो हुदैन । त्यो बेलामा साथिसँगीसँग भेटेर हासिमजाक गर्नु फाईदा मानिन्छ । भजन सुन्ने, मन मिल्ले साथि सँग भेटगर्नु, श्रीमान र श्रीमती बीच रमाईलो कुराकानी गर्नु, बगैँचामा जानु तथा पशुपंक्षी सँग रमाउनुु, जवानीको रमाईलो कुराहरु याद गर्नु,व्यस्त रहनु, सकारात्मक कुराहरुलाई मात्र सम्झने लगायतको काम गर्दा उत्तम मानिन्छ ।

त्यसबाहेक मृत्युको भय रोग लाग्ने सम्भावनाजस्ता कुराहरुलाई दिमागबाट हटाउनु उपयुक्त हुन्छ । यो एकै पटक गर्न सकिने होईने । त्यसैले अलिअलि गरेर नकारात्मक भावनलाई हटाउदै जानुपर्छ । आफ्नो अन्तिम घडी सम्म सक्रिय जीवन विताउँछु भन्ने अठोट राख्नु भयो भने तपाईको बुढेसकालको जीवन खुसी र सुखमय भन्न सक्छ ।

बुढेसकाल एकैपटक लाग्ने होईन अहिले तपाई जुन अवस्थामा हुनुहुन्छ तपाई पनि बुढेसकालमा पुग्नुहुन्छनै । त्यसैले प्रत्येक पटक बुढेसकाललाई सुखमय बनाउने कुराहरुको साथ तपाईको अहिलेको नराम्रो बानिहरुलाई परिवर्तन गर्न सक्नुभयो भयो तपाईले बुढेसकालमा चिन्ता मानेर बस्नुनै पर्दैन ।


यो विचार केहि सयम पहिले अर्को एक अनलाईनमा प्रकाशित भएपनि र अहिले पुनः प्रकाशित गरीएको हो ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार