SKIP THIS

S.P.A  Collage

कैलालीका पत्रकार भट्टद्धारा जन्मदिनको अवसरमा सेभ हाउसका किशोरीहरुलाई सहयोग

Help

अत्तरियाः कैलालीका पत्रकार हेमराज भट्टले जन्मदिनको अवसरमा सेभ हाउसका किशोरीलाई सहयोग गरेका छन्। उनले आफ्नो जन्मदिन गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा मनाएका हुन्।
उनले सेभहाउसमा बस्दै आएका १२ जना अनाथ एवं असाहय महिला तथा बालबालिकालाई १/१ जोर कपडा र सेनेटरी प्याड सहयोग गरेका छन्। अत्तरियामा रहेको गोदावरी एफएममा समाचार प्रमुखको रुपमा कार्यरत भट्ट हरेक वर्ष आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाउँछन्।
हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक क्षेत्रमा लगाउदै आएका पत्रकार भट्टले यस बर्ष पनि गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको अनाथ एबम् असहाय महिला तथा बालबालिकाको संरक्षण गर्दै आएको महिला तथा बालबालिका सेभ हाउस हाउसमा मनाएका हुन् ।
पछिल्लो समयमा सेभ हाउसलाई बिभिन्न ठाउँवाट खाध्यान्न सहयोग आएपनि अन्य सहयोग नभएको अबस्थामा त्यहाँ रहेका किशोरी र बालबालिकाहरुको समस्यालाई बुझेर सेनेटरि प्याड र एक जोर नयाँ लुगा सहयोग गरेका पत्रकार भट्टले बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ हाउसकी अध्यक्ष जानकी मलासीले सेभ हाउसमा रहेकी किशोरीहरुको समस्यालाई बुझेर पहिलो पटक सरसफाईका सामग्रीहरु सहयोग गरेको भन्दै पत्रकार भट्टलाई धन्यवाद दिइन् ।
त्यस्तै, मलासीले सेभ हाउसमा रहेका स साना केटाकेटीहरुलाई लगाउने लुगा नभएको अबस्थामा एक एक जोर नयाँ लुगा पाउदाँ बच्चाहरु निकै खुसी भएको बताइन् । उनले आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको बताइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार