चाडपर्वमा एनसेलको कुरै कुरामा उपहार योजना, कसरी सुचारु गर्ने ?

Ncell

काठमाडौंः चाडपर्वलाई लक्षित गरी एनसेल आजियाटा लिमिटेडले कुरै कुरामा उपहार योजना ल्याएको छ ।

आउँदै गरेको दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा भ्वाईस सेवा ग्राहिहरुकालागि ल्याईएको योजनामा एनसेलका सबै प्रिपेड ग्राहकहरुले अन नेट, अफ नेट वा अन्तराष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाईस सेवा प्रयोग गरी उपहार जित्न सक्ने एनसेलले जनाएको छ।

असोज १८ बाट सुरु भएको योजना ८ हप्ता अर्थात मंसिर १३ सम्म लागु हुनेछ । योजनाबाट फाईदा लिनकोलागि एनसेलका प्रिपेड ग्राहकहरुले १७१०७ मा डायल गरी सहभागी हुन सक्ने छन् ।

योजनामा दैनिक धेरै कुरा गर्नेहरु मध्ये प्रत्येक प्रदेशबाट हरेक दिन १ सय जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिने एनसेल आजियाटाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार