नेपाल टेलिकमको चाडपर्व अफर, अनलिमिटेड युट्युव र फेसबुक चलाउन मिल्ने

नेपाल टेलिकम

नेपाल टेलिकमले चाडपर्वको समयलाई लक्षित गर्दै विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले अनलिमिटेड युट्युव र फेसबुक चलाउन मिल्ने गरी नयाँ अफर ल्याएको हो ।
कम्पनीको मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध विभिन्न प्याकेजलाई थप परिमार्जन गरी बिहीबारदेखि तीन महिनासम्म लागु हुने गरी अटम अफर ल्याइएको छ । जसअन्तर्गत नयाँ प्याकेजको रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ ।
यसमा तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युव अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै रुपमा उपलब्ध हुने जनाइएको छ । यी अफर खरिद गरेसँगै सहुलियत स्वरुप १५ रुपैयाँमा तीन दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने गरी एक जिबी डेटाको एड अन प्याक समेत खरिद गर्न सकिनेछ । यसअघि ४० रुपैयाँमा तीन दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट टकटाइम पाइनेछ ।
साथै १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ । यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् ।
त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत रहनेछन् । यसअघि ‘वान डे डेटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध हुने गरेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी ‘थ्री डे डाटा प्याक’ अन्तर्गत ६० रुपैयाँमा ४०० एमबी उपलब्ध हुने गरेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ । वान डे डेटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोलुम पनि पहिलेभन्दा बढाइएको छ ।
यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डेटा उपलब्ध हुने गरेकोमा अब १२० एमबी र १५ रुपैयाँमा २५० एमबी डेटा पाउन सकिनेछ । यसैगरी टेलिकमले घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दसैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ पनि ल्याएको छ ।
जसअन्तर्गत दसैं तिहार र छठ पर्वलाई समेत समेटेर जीएसएम तथा सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइनेछ । यसमा रिचार्ज कार्डबाट ५० को रिचार्ज वा एमपोसबाट २० देखि ५० सम्मको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्न सकिने गरी पाँच मिनेट बोनस प्राप्त हुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार