दशै तिहारको खर्च जुटाउन डडेल्धुराका व्यवसायी खसी बोका बिक्री गर्न कञ्चनपुरमा

खसी बोका बिक्री गर्न कञ्चनपुरमा

कञ्चनपुर: दशै–तिहारको खर्च जुटाउनका लागि खसी–बोका बिक्री गर्न डडेल्धुराको भित्री मधेश मलासका व्यापारीहरु कञ्चनपुरको महेन्द्रनगर आएका छन्।

वर्षभरि मेहनत गरेर बाख्रा पालेका किसान तिहार खर्च जुटाउन खसी–बोकालाई घुम्ती कारोबारका गर्दै महेन्द्रनगर बजार आएका हुन्। कञ्चनपुरको उत्तरी क्षेत्रसँगै जोडिएको मलास चुरे क्षेत्रका व्यवसायीहरु यतिबेला महेन्द्रनगर, सुडा, दैजी, झलारीलगायतका बजारमा घुम्दै खसी–बोका बेच्दै आएका छन्। जिउँदो खसी–बोकाको मूल्य यस वर्ष बढेर प्रतिकिलो ५०० देखि ६०० रुपैयाँसम्म पुगेको छ । विगतका वर्षहरुमा जिउँदो खसी–बोका प्रतिकिलो ३०० रुपैयाँसम्म हुने गरेको थियो।

सदरमुकाम महेन्द्रनगरमा खसी–बोका खरिद बिक्री गर्ने निश्चित स्थान नभएका कारण व्यवसायीहरुले महेन्द्रनगरलगायत आसपासका बजारमा घुम्ती कारोबार गरिरहेका छन्। धेरैजसो व्यापारीहरु खसी–बोकालाई राजमार्ग किनार, बसपार्क क्षेत्र तथा नगरपालिका अगाडि को क्षेत्रमा ल्याई बिक्री वितरण गर्ने गर्दछन्।

यसरी दशैं तिहारका बेला खसी बोकाको कारोवार रामै्र हुने भए पनि निश्चित बिक्री केन्द्रको अभाव, निश्चित मूल्य निर्धारण नहुँदा स्थानीय किसान मारमा पर्दै आएको ब्यापारी रतन साउदले गुनासो गरे। बिक्री गर्ने निश्चित स्थान नभएका कारण खसीबोका व्यापारीहरुलाई बजार डुलाउँदै हिँडाउनु पर्ने झन्झट छ। मासु वितरण हुने महेन्द्रनगर मण्डीमा काटेको मासुको मात्रै कारोबार हुने भएपछि त्यहँ जिउँदै बाख्राको कारोबार नहुँदा उनीहरु समस्यामा परेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार