सशस्त्र प्रहरी बैतडीद्धारा १ लाख बढीको अवैध सामान बरामद

अवैध सामान बरामद

बैतडीः बैतडीमा १ लाख बढीको अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले भारतको झुलाघाट नाका भएर अवैध रुपमा नेपाल भित्र्याइएको बिँडी बरामद गरेको हो ।

शनिबार राति जिल्लाको दशरथचन्द नगरपालिका–६ सुकुट्टीबाट १ लाख ३२ हजार बराबरको ६ पेटी बिँडी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए ।

बरामद गरिएको बिँडी आइतबार महाकाली भन्सार कार्यालय झुलाघाटलाई बुझाइएको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार