सानदार म:म को धनगढीमा सानदार ईन्ट्री: आइतबार देखी निरन्तर ग्राहकको सेवामा समर्पित

सानदार म:म धनगढी
धनगढीः काठमाडौँका ९ वटा स्थानहरूमा सञ्चालित सानदार ममको फ्रेन्चाईजको रूपमा धनगढीमा शाखा खुलेको छ । धनगढी चौराहामा रहेको ग्लोबल आईएमई बैंक छेउमा सानदार ममको शाखा सञ्चालनमा आएको हो ।
एक कार्यक्रमकाबीच धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले शाखाको उद्घाटन गरे । धनगढीमा पिस ग्रुपले सानदार मम भित्र्याएको सञ्चालक राजन भट्टले जानकारी दिए ।
झन्डै ७० लाखको लगानीमा सानदार ममको फ्रेन्चाईज ल्याइएको हो । सानदार ममको बफ मम सबैभन्दा बढी मन पराइएको र लोकप्रिय रहेको छ । चिकन, पनिर र भेज मम पनि उपलब्ध रहेको भट्टले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार