घोडाघोडीमा तिन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न

घोडाघोडीमा तिन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न
तस्बिर:लोक देउवा
सुखड: कैलालीको घोडाघोडी १० पहलमानपुरमा बचत समूहका लेखापालहरूको लागी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
मङ्गलवार बाट सुरु भएको तालिम बिहीबार सम्पन्न भएको हो । दिगो विकास समाज भजनी कैलालीको आयोजना र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको सहयोगमा तिन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न भएको बताइएको छ ।
पोषण तथा उत्थानशील जिविको पार्जन परियोजना मार्फत तालिम दिइएको परियोजना अधिकृत प्रभु नाथ ढकालले जानकारी दिए । अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत परिवारको वित्तीय क्षमता विकास तथा सहकारी सँगको वित्तीय पहुँच वृद्धि गर्ने र व्यवसाय सञ्चालन गरी आय आर्जन गर्नको लागी तालिम दिएको उनले बताए । तालिमको सहजीकरण हेम राज चौधरीले गरेका थिए ।
तालिममा घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका भित्रका नयाँ व्यवसाय सुरु गर्न लागेका २८ जना व्यापारीहरूको सहभागिता रहको थिए । तिन दिने बचत समूहका लेखापालहरूको लागी लेखा व्यवस्थापन तालिम तालिम बाट धेरै कुरा सिकेको र त्यो व्यवहारमा लागु गर्ने उनीहरूले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार