धनगढीमा एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट संञ्चालनमा

धनगढीमा एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट संञ्चालनमा आउँदै

धनगढी: धनगढीमा सुबिधा सम्पन्न एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट संञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानीमा एक पछि अर्काे रेष्टुरेण्ट खोल्ने क्रम दिनप्रतिदिन बढेसंगै एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट संञ्चालनमा आएको हो ।

एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्टको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुंवर उद्घाटन गर्दै पछिल्लो समय प्रदेशको अस्थायी राजधानीमा एक पछि अर्को गर्दै होटल तथा रेष्टुरेण्ट खोलीदै गएको बताए । अन्तराष्ट्रिय स्तरको सेवा सुबिधा सहित एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्टबाट राम्रो गुणस्तरीय, खाना नास्ताका सम्पुर्ण सेवा सुबिधा प्रदान गरेकोमा ब्यवसायको शुभकामना ब्यक्त गरे । रेष्टुरेण्टबाट रोजगारी सिर्जना गरेकोमा सञ्चालकलाई धन्यवाद ब्यक्त गरे ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको एभरेष्ट बैंक पछाडी करिब १ करोड १० लाखको लगानीमा एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट आज २८ गतेबाट गते देखि संञ्चालनमा आएको संञ्चालक प्रेम बहादुर बुढा क्षेत्रीले जानकारी दिए ।

उनले आफुले झन्डै ७ बर्ष भन्दा बढी विदेशमा होटल क्षेत्रमा सिकेको सिप लाई आफ्नै क्षेत्रमा सुदुपयोग गर्ने उदेश्यले एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट संञ्चालनमा ल्याएको जानकारी गराए । क्षेत्रीले एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्टमा सुदूरपश्चिम प्रदेशमा फरक तथा नयाँ स्वादमा फायर पिजा, थकालि सेट, विभिन्न खानाका परिकार, म.म र विरायनी लगायतका नयाँ स्वाद लिन सकिने जानकारी दिए । क्षेत्रीले एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्टमा काठमाण्डौमा रहेको सोल्टी होटलमा लामो समय काम गरेको कुकको पनि ब्यवस्था रहेको बताइएको छ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार