क्यासेट टेप आविष्कारकको निधन !

लू ओट्सन

संसारमै पहिलो पटक क्यासेट टेप आविष्कार गर्ने व्यक्ति लू ओट्सनको निधन भएको छ।  फिलिप्स कम्पनीका पूर्व इन्जिनियर समेत रहेका उनको ९४ वर्षको उमेरमा गत शनिबार मृत्यु भएको इन्ग्याजेटले लेखेको छ।

ओट्सनले सन् १९६० देखि नै क्यासेट टेप बनाउन थालेका थिए। उनलाई संगीत सुन्नको लागि एउटा सहज माध्यम चाहिएको थियो। तर त्यो बेला रिलबाट चल्ने टेप बनेको थिएन। त्यसैले उनले आफूलाई हुनेगरी काठको एक क्यासेट टेप जस्तै प्रोटोटाइप बनाए।

इन्ग्याजेटका अनुसार उनले फिलिप्स कम्पनीसँग काम गरेर आफ्ना आविष्कारहरुका लाइसेन्स लिए। यसरी फिलिप्सले सन् १९६३ मा ओट्सनले बनाएका ‘कम्प्याक्ट क्यासेट’ सार्वजनिक गरेको थियो। ओट्सनको आविष्कार यात्रा क्यासेट टेपमा मात्रै सिमित भएन। उनले पछि फिलिप्स र सोनी कम्पनीसँगको सहकार्यमा ‘कम्प्याक्ट डिस्क’ पनि उत्पादन गरे।

संगीत क्षेत्रमा क्यासेट टेपको महत्व ठूलो रहेको छ। ओट्सनले यो उपकरण आविष्कार नगरेको भए आज गीत सुन्नको लागि डिजिटल प्लेलिस्टहरु सायद हुँदैन थियो। अहिले पनि क्यासेटटेपको के्रज घटेको छैन। सन् २०१६ मा क्यासेट टेपको बिक्री ७५ प्रतिशतले बढेको थियो। यसैको दई वर्षपछि बिक्रीमा थप २३ प्रतिशत वृद्धि भएको इन्ग्याजेटले उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार