धनगढी: नेपाल सरकारका पर्यटन मन्त्री भानुभक्त ढकालले नेकपा (माओवादी केन्द्र) ले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्ट नै सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुनसक्ने संकेत दिएका छन्।
वीरेन्द्रनगरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले भने, ‘केन्द्रमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि त्यसको भोलिपल्ट कर्णाली र सुदूरपश्चिमको सरकार सग्लै रहला कि नरहला। यो म अनुमान गर्न सक्छु, तर घोषणा होइन।’