कञ्चनपुर प्रहरीद्धारा अवैध रुपमा भन्सार छलेर ल्याइएका सामान बरामद

कञ्चनपुर प्रहरीद्धारा अवैध रुपमा भन्सार छलेर ल्याइएका सामान बरामद

सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याइएका विभिन्न सामानसहित मोटरसाइकल बरामद गरेको छ। बिहीबार जिल्लाको बेलौरी र डोकेबजारबाट साढे ३ लाख बराबरका विभिन्न सामान र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

अवैध रुपमा ल्याइएका चैनस्पोकेट, हेण्डील कोन, सक्कर सिल, मोटरगार्ड, ब्रेकतार, मिटरतार, बेरिङ, पल्सर हेण्डिलकोन, सिसा, बम्फर, एडप्टर, बनोट लक, स्ट्याग र्याक सहित लु ६ प २७९२ नम्बरको पल्सर मोटरसाइकल र यूपी ३१ विएच ७५६५ नम्बरको हिरो मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार