SKIP THIS

धनगढी उप-महानगरपालिका

अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियो नयाँ व्यवस्थापनका साथ सञ्चालन

विगत ९ वर्ष देखी गोदावरी नगरपालिका – २ बनखेतमा सेवा दिदै

क्युरिक्स डान्स स्टुडियो

अत्तरिया: कैलालीको अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियो नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।

विगत ९ वर्ष देखी गोदावरी नगरपालिका – २ बनखेतमा सञ्चालीत उक्त डान्स स्टुडियो नयाँ व्यवस्थापनका साथ अत्तरिया बजारमै सञ्चालनमा आएको हो ।

स्थानिय हरिश खडायतले सञ्चालनमा ल्याएको उक्त स्टुडियोको शनिबार खडायतका बुवा जित बहादुर खडायतले उद्घाटन गरे । उक्त स्टुडियोले विभिन्न किसिमका नृत्यहरु सिकाउने सञ्चालक खडायतले बताए ।

उनले नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको स्टुडियोमा पहिलो हप्तासम्म निःशुल्क भर्नाको समेत व्यवस्था गरिएको बताए । करिब साढे ३ लाखको लागतमा सञ्चालनमा ल्याईएको उक्त स्टुडियोमा जुम्बा क्लासको पनि व्यवस्था गरिएको उनले बताए ।

विगत देखी नै सञ्चालनमा रहेको उक्त स्टुडियो देशभर फैलिएको कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको थियो । महामारी पश्चात स्टुडियोलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएको खडायतले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार