दलितहरूको सीप चल्यो तर मान्छे चलेनन् ! : संगिता भुल

दिनरात नभनी मूर्ति कोरी मन्दिर सजाएका छन्

दलितहरूको सीप चल्यो तर मान्छे चलेनन् !

हाम्रो समाजमा दलित शब्द सुन्ने बित्तिकै अछुत भन्ने बुझिन्छ जस कारण समाजमा विभेदले जरा गाडेको छ। दलित माथि दिनहुँ दमन, शोषण, अत्याचार जस्ता अमानवीय क्रियाकलाप हरू बढ्दै गएका छन्। दलितहरू कुनै अछुत होइनन् बरु उनीहरू भनेका सिपका खानि हुन जसले हाम्रो लागि लुगा सिलेर हाम्रो लाज बचाउ गरेका छन्, दिनरात नभनी मूर्ति कोरी मन्दिर सजाएका छन् , जुत्ता सिलाई खुट्टामा सजाएका छन् विडम्बना उनीहरूको सीप चल्ने आखिर मान्छे नचल्ने यो समाजको कुप्रथा एकदमै लज्जास्पद छ।

दलित माथि विभिन्न आरोपहरू लगाई मन्दिर पसेको निहुँमा,पानी छोएको निहुँमा,घर पसेको निहुँमा कुटपिट गरिन्छ तर तेहि मन्दिर,पानीका धारा,घरहरू दलितहरू नै बनाउँछन्।आखिर विभेद किन? विभेदले आज समाज र राष्ट्र लाई नै खण्डित गरेको छ।

दलित भएकै कारण कोठा भाडामा मिल्दैन,दलित भएकै कारण दिनप्रतिदिन विभेद खेपी रहनु पर्छ र दलित हरू न्यायको लागि न्यायालय धाउँछन् विडम्बना मुद्दा नै दर्ता हुँदैन र भए पनि न्याय प्रदान गरिँदैन जुन दलितहरूको लागि दुखद को विषय बनेको छ।

अब विभेद विरुद्ध हामीहरू मौन रहनु हुँदैन सबै जना शिक्षित र सभ्य बनौँ आफ्नो जीवनस्तर माथि उकास्न तर्फ लागौँ जसले गर्दा हाम्रो समुदायको प्रगति हुन्छ हामी सभ्य हुन्छौँ र विभेद विरुद्ध लड्न सक्षम हुन्छौ। विभेद अन्त्यका लागि सबै जना आ-आफ्नो ठाउँबाट लागि परौँ हामी सबैले विभेद भोगेका छौ त्यसैले विभेद विरुद्ध एकजुट भएर लागौँ र विभेद मुक्त समाजको निर्माण गरौँ ।
✍️संगिता भुल
कृष्णपुर नगरपालिका-०७ कलवापुर
(कञ्चनपुर)

:- प्रकाशित शब्दहरू संगिताका आफ्ना व्यक्तिगत बिचार हुन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार