अवकाशपछि कृषि व्यवसायमा लाग्छु : प्रधानसेनापति थापा

देशको अर्थतन्त्रमा योगदान दिन कृषि विज्ञान संस्थानको स्थापना

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गरेका छन्।

नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण गरिएको नेपाली सेना कृषि विज्ञान संस्थानको सोमबार उद्घाटन गर्दै प्रधानसेनापति थापाले आधुनिक र वैज्ञानिक कृषि विस्तार गरी देशको अर्थतन्त्रमा योगदान दिन कृषि विज्ञान संस्थानको स्थापना गरिएको बताए।

प्रधानसेनापति थापाले अवकाशपछि नेपाली सेनालाई कृषि तथा पशुपालनमा दक्ष बनाएर गाउँघरमै परिवारसँग बसेर स्वरोजगार बन्न कृषि विज्ञान संस्थानले सीप सिकाएर पठाउने बताए। प्रधानसेनापति थापाले त्रिभुवन विश्व विद्यालयको मापदण्डअनुसार विएस्सी एजी सञ्चालन गरिने र त्यसमा सैनिकका छोराछोरी तथा सर्वसाधरण नागरिकका छोराछोरीले पनि पढ्ने अवसर पाउने भएकाले आधुनिक नेपाल निर्माण गर्ने जनशक्ति उत्पादन हुने धारणा राखे। उनले कृषिमा लमजुङलाई ‘हव’ बनाउन कलेजले महत्वपूर्ण भूमिका निभाउने बताए।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल प्राप्त नभइरहेका बेला नेपाली सेना कृषि विज्ञान संस्थानबाट उत्पादन हुने जनशक्तिले कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा महत्वपूर्ण योगदान दिने बताए।  -सेतोपाटीबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार