नबिल बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, कमायो साढे ४ अर्ब बढी नाफा

२ खर्बभन्दा बढी निक्षेप संकलन

वित्तीय विवरण

काठमाडौं: नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले अघिल्लो वर्षभन्दा ३० प्रतिशत बढी खुद नाफा गरेको छ ।

अघिल्लो वर्ष रू. ३ अर्ब ४६ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष रू. ४ अर्ब ५० करोड ४४ लाखभन्दा बढी यो नाफा गरेको हो । अघिल्लो वर्षभन्दा २६ दशमलव ३५ प्रतिशत बढी सञ्चालन नाफा गरेकाले पनि बैंकको नाफामा वृद्धि भएको हो ।

अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको इम्पेरमेण्ट चार्ज पनि घटेको छ । अघिल्लो वर्ष रू. ८५ करोड ६७ लाखभन्दा बढी भएको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. ६५ करोड ९९ लाख भन्दा बढी मात्र भएको हो ।

गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्षभन्दा ३६ दशमलव २९ प्रतिशत बढी रू. ४ अर्ब १४ करोड ६२ लाखभन्दा बढी छ । ३३ दशमलव ५० प्रतिशत बोनस शेयर र युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार पुगेको छ ।

यो अवधिसम्म बैंकको जगेडा कोष रकम शेयर प्रिमियम र रिटेन्ड अर्निङ सहित रू. १९ अर्ब ४८ करोड ३७ लाख कायम भएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको जगेडा कोष रकम २३ दशमलव ६४ प्रतिशत वृद्धि भएको हो ।

गत वर्ष अघिल्लो वर्षभन्दा १७ दशमलव १२ प्रतिशत बढी रू. २ खर्ब २३ अर्ब ४७ करोड ८० लाखभन्दा बढी निक्षेप संकलन गरेको बैंकले ३३ दशमलव ८१ प्रतिशत बढी रू. १ खर्ब ९८ अर्ब १० करोड ७३ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

अघिल्लो वर्ष शून्य दशमलव ९८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्ष शून्य दशमलव ७८ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ५४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २४० दशमलव ७३ छ । यस अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात ४० दशमलव ६९ गुणा छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार