कैलालीमा मास्क नलगाई हिँडडुल गर्ने ९९ जना कारवाहीमा

३५६ जनालाई मास्क वितरण,झण्डै १० हजार राजश्व संकलन

मास्क नलगाई हिँडडुल गर्ने ९९ जना कारबाहीमा

धनगढी: कैलालीमा बिहीबार मास्क नलगाई हिँडडुल गर्ने ९९ जना कारबाहीमा परेका छन् । कोरोना संक्रमणदर पुनः बढ्न थालेपछि कैलालीमा पनि उच्च सतर्कता अपनाउन थालिएको हो । सोही अनुसार आज जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले मास्क प्रयोग नगरी हिँडडुल गर्ने ९९ जनालाई कारबाही गरेको हो ।

धनगढी लगायतका विभिन्न क्षेत्रमा मास्क नलगाई आवतजावत गर्ने ९९ जनालाई कारबाही गरी ९ हजार ९९ रुपैयाँ राजश्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए । कैलालीमा सरकारले लागु गरेको नेपाल मास्क अभियान अन्तर्गत“तपाईँको मास्क खै ?” अभियान शुभारम्भ गरिएको पहिलो दिन मास्क नलगाई हिँडडुल गर्ने ९९ जना कारबाहीमा परेका हुन ।

यसै गरी मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्ने ३५६ जनालाई सम्झाई–बझाई गरिनुका साथै मास्क समेत वितरण गरिएको प्रहरी निरीक्षक गुरुले जानकारी दिए । कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने भन्दै जिल्लामा मास्क अभियानलाई कडाइका साथ लागु गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार