धितोपत्र बोर्डको सञ्चालकबाट चन्द्र ढकालले दिए राजीनामा

सेयर खरिद विवादमा

चन्द्र ढकाल

काठमाडौं: सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा धितोपत्र बोर्डका सञ्चालकबाट चन्द्र ढकालले राजीनामा दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहेका ढकाल महासंघको प्रतिनिधित्व गर्दै बोर्डका सदस्य बनेका थिए । उनले आफ्नो कार्य व्यस्तताको कारण महासंघको प्रतिनिधिको रुपमा अर्को व्यक्तिलाई पठाउनसमेत महासंघका अध्यक्ष शेखर गोल्छालाई अनुरोध गरेका छन् । ढकालले बोर्ड सञ्चालकमा मनोनयन अघि नै सर्वोत्तम सिमेन्टको सेयर किनेको दाबी गरेका छन् ।

यसअघि नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि राजीनामा दिएका थिए । ढकाल र साउदको राजीनामासँगै बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई पनि राजीनामा गर्न नैतिक दवाव बढेको छ ।

ढुंगाना, साउद र ढकाललगायत उच्च पदस्थहरुले ‘इन्साइडर ट्रेडिङ’ गरी बुक विल्डिङ प्रक्रियामार्फत साधारण सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको सूचना बाहिरिएसँगै अर्थ मन्त्रालयले छानविन गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार