अब सुदूरमै ठुलो पर्दाको सिनेमा खिच्न सकिने, भित्रियो उच्च क्वालिटीको ‘एट के’ क्यामेरा 

ठुलो पर्दाको मुभी  पनि सुदूर पश्चिम बाट खिच्ने

क्यामेराको उद्घाटन

धनगढीः  हास्य कलाकार जहित बुढाले सुदूरपश्चिममा पहिलो पटक उच्च क्वालिटीको क्यामेरा भित्र्याएका छन् । कैलालीको अत्तरियाका बुढाले सुदूरपश्चिममा   सोनी अल्फा ‘A1 8k’  फ्लैगशिप मिरर लेस  मुभी   क्यामेरा भित्र्याएका हुन ।

करिब २० लाखको लगानीमा क्यामेरा ल्याइएको हास्य कलाकार बुढाले बताए । उनले भिडिओ क्वालिटी धेरै राम्रो रहेको  र अब ठुलो पर्दाको मुभी  पनि सुदूर पश्चिम बाट खिच्ने सोचका साथ क्यामेरा भित्र्याएको बताए  ।

कृष्ण जन्माष्टमीको दिन अवसर पारेर क्यामेराको उद्घाटन समेत गरिएको छ । जानकी मन्दिर धनगढीमा एक कार्यक्रमका बीच क्यामेराको उद्घाटन गरिएको हो ।

सो कार्यक्रममा सहभागी वरिष्ठ कलाकार राजकुमार जोशी, नृत्य  निर्देशक भीम विष्ट (अछामी रेखा), नृत्य निर्देशक रमेश बिजुली, ड्रोन पाइलट तथा क्यामेरा मेन प्रकाश नागरी, कलाकार भूपी उपाध्याय, हेमन्त भट्टराई , गुणाकर पनेरु, मेगा भट्ट ,पुष्पा बडेला, कला प्रेमी तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार