गूगलले क्रोमबुकमा आफ्नै प्रोसेसर प्रयोग गर्ने

गूगल क्रोमबुक

गूगलले आफ्नै आर्ममा आधारित क्रोमबुक प्रोसेसर निर्माण गर्ने भएको छ । यसमा गूगलको आफ्नै सिपियू प्रयोग गरिनेछ । यो क्रोमबुक प्रोसेसर कम्पनीले क्रोम ओएसले चल्ने ल्यापटप र ट्याबलेटमा प्रयोग गर्नेछ ।

हालैमा गूगलले  पिक्सेल ६ र पिक्सेल ६ प्रोमा आफ्नै प्रोसेसर टेन्सर प्रयोग गर्ने घोषणा गरेको थियो । यसका लागि गूगलले विश्वभरबाट प्रतिभावान व्यक्ति र क्वालकम तथा ईन्टेलको विज्ञहरुसँग मिलेर काम गरेको थियो । यही अनुभवलाई कम्पनीले क्रोमबुकमा प्रयोग गर्ने देखिएको छ ।

आईफोन, आईप्याड र म्याक कम्प्यूटरका लागि एप्पलले आफ्नै चिप प्रयोग गर्दै आएको छ । गूगल पनि यसबाटै प्रोत्साहित भएको बताइएको छ ।

यो क्रोमबुक प्रोसेसरलाई गूगलले आफ्नो तरिकाले कस्टोमाइज गर्नेछ । यो प्रोसेसर गूगलले सन् २०२३ मा सार्वजनिक गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार