किसान बहुउद्देश्यीय सहकारी संस्थाले दियो मृतक चौधरीका परिवारलाई ७ लाख बढीको चेक

किसान बहुउद्देश्यीय सहकारी संस्थाले दियो मृतक चौधरीका परिवारलाई ७ लाख बढीको चेक

धनगढी : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धनगढी शाखाले आफ्ना मृतक ग्राहकका परिवारलाई ७ लाख बढीको चेक हस्तान्तरण गरेको छ ।

गंगा किसान महिला विकास केन्द्रकी सदस्य संगीता चौधरीको मृत्यु पश्चताप श्रद्धाञ्जली सभाको आयोजना गर्दै सुविधा स्वरूप किसान सहकारीले सो रकम हस्तान्तरण गरेको हो ।

श्रद्धाञ्जली तथा सुविधा रकम वितरण कार्यक्रममा मृतक संगिता चौधरीका श्रीमान् मनोज चौधरीलाई सुपरिवेक्षण विभाग प्रमुख प्रकाश कुमार बिसीले ७ लाख १९ हजार ३ सय ७९ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

मृतक चौधरीले सो संस्थाबाट २ लाख पचास हजार ऋण लिएकी थिइन । यद्धपी चौधरीको मृत्यु भए पछि किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उनको २ लाख ३३ हजार ऋण समेत मिनाहा गरेको छ ।

मृतक चौधरीका चौधरीका श्रीमान् ले चेक ग्रहण गर्दै सहकारी संस्थामा आबद्ध हुनु धेरै राम्रो रहेको बताएका छन् । उनले दुःखद घडीमा किसान बहुउद्देश्यीय सहकारी संस्थाले घाउमा मलम पट्टी लगाएकोमा धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् । साथै उनले सो पैसा छोराको भविष्य उकास्नमा खर्च गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।

संस्थाले आफूखुसी अनुसार आफ्ना ग्राहकहरूको जीवन बिमा गरिदिएका थिए । सुपरिवेक्षण विभाग प्रमुख प्रकाश कुमार जिसी र धनगढी शाखाका कार्यालय प्रमुख चन्द्रकान्त रेग्मी र कार्यालयका कर्मचारी धर्मराज धर्मराज भट्टराई लगायत अन्य समूहका मानिसहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार