भारतबाट माछा ल्याउन प्रतिबन्ध गरिए पनि धनगढी सहितका बजारमा भारतीय माछा बिक्री गरिँदै

कैलालीमा संयुक्त बजार अनुगमन

भारतबाट माछा ल्याउन प्रतिबन्ध गरिए पनि धनगढी सहितका बजारमा भारतबाट ल्याइएका माछा बिक्री गरिँदै

धनगढी : भारतबाट माछा ल्याउन प्रतिबन्ध गरिए पनि धनगढी सहितका बजारमा भारतबाट ल्याइएका माछा बिक्री गरेको भेटिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय कैलाली, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य तथा आपूर्ति, प्रहरी सहितको संयुक्त टोलीले धनगढी र अत्तरियामा अनुगमन गर्दा भारतबाट माछा ल्याइएको खुलेको हो ।

भारतबाट माछा आयात गर्न नपाइने भए पनि कतिपय व्यापारीहरूले धनगढी, अत्तरिया लगायतका बजारमा भारतबाट माछा आयात गरेर बिक्री गर्दै आएका छन् । सोही गुनासोका आधारमा धनगढीको चौराहा र अत्तरिया बजारका माछा मासु पसलमा अनुगमन गर्दा भारतबाट माछा ल्याइएको भेटिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

ती माछाहरूको गुणस्तर चेकजाँच लागि प्रयोगशालामा पठाइएको उनले बताए । साथै व्यापारीलाई इमानदार बन्न र उपभोक्तालाई सजग हुन सूचना अधिकारी जोशीले आग्रह समेत गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार