चीनद्वारा सबै प्रकारका क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा

चीनद्वारा सबै प्रकारका क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा

बीबीसी । चीनले सबै प्रकारका क्रिप्टो–करेन्सी कारोबारलाई अवैध घोषणा गरेको छ । चीनको केन्द्रीय बैंकले बिटक्वाइनजस्ता डिजिटल टोकनलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाउँदै क्रिप्टो–करेन्सीका सबै प्रकारका कारोबारलाई गैरकानूनी घोषणा गरेको हो ।

“भर्चुअल मुद्रा सम्बन्धी व्यवसायिक क्रियाकलापहरू गैरकानूनी वित्तीय क्रियाकलाप हुन्,” द पिपल्स ब्याङ्क अफ चाइनाले चेतावनी दिँदै भनेको छ, “यसले जनताको सम्पत्तिको सुरक्षालाई गम्भीर खतरामा पार्छ ।”

चीन विश्वको सबैभन्दा ठूलो क्रिप्टो–करेन्सी बजारमध्ये एक हो । त्यहाँको उतारचढावले प्राय विश्वको क्रिप्टोकरेन्सीको मूल्यलाई प्रभाव पार्दछ ।

चिनियाँ घोषणापछि बिटक्वाइनको मूल्य दुई हजार डलरभन्दा बढीले खस्किएको छ । चीनले क्रिप्टो–करेन्सीको व्यापारलाई २०१९ देखि आधिकारीक रूपमा प्रतिबन्ध गरेको हो, तर निरन्तर अनलाइनमाफर्त् विदेशी विनिमय हुँदै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार