बुधबार सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

बुधबार सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यस साता काराेबार भएकाे पहिलाे दिन आइतबारदेखि नै सेयर बजार निरन्तर घटिरहेकाे थियाे । बुधबार भने काराेबार हुने १३ वटै उपसमूह उकालाे लाग्दा नेप्से परिसूचक पनि अर्धसतकले बढेकाे छ । ३ दिनकाे निरन्तर गिरावटपछि फेरि सेयर बजारमा हरियाली देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।

आजको कारोबारमा सेयर बजारमा केहि सकारात्मक संकेत देखिएको भएता पनि अझै लगानीकर्ताहरु विश्वस्त हुने अवस्था भने नदेखिएको बताउँछन् युवा लगानीकर्ता राकेश सेढाइँ । निरन्तर ३ दिनदेखि बजार घटिरहेको थियो यो ३ दिनमा मात्र नेप्से २०४ अंकले घट्यो यसरी प्यानिक भएको बजारमा आजको बाउन्स ब्याकलाई भने केहि सकारात्मक रुपमा लिनुपर्ने उनको तर्क छ । यो बेला भनेको संयमित भएर लगानी गर्ने बेला हो भने राम्रो  र बलियो कम्पनी हेरेर लगानी गर्ने अवसर पनि हो । अहिलेको अवस्थामा लगानीगर्दा भने लगनीकर्ताले कम्पनीको आधारभुत पक्षको शुष्म अध्ययन गरेर सेयर मूल्य घटेपनि कम्पनीको लाभांशबाट परिपुर्ति हुनसक्ने कम्पनीमा लगानी गर्नुपर्ने उनको सुझाव छ ।

नेपाल स्टक एक्सचेञ्जका आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ मा पुगेकाे छ । नेप्से १.९३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ मा पुगेको छ ।

कूल २२९ वटा कम्पनीकाे ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहकाे सूचक बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर, फाइनान्स र विकास बैंक समूह बढेकाे छ ।

बुधबार २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अपि पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

बुधबार अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २२ कराेड ६७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार मेघा बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । -अर्थ संसारबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार