कैलालीको लम्कीचुहामा एक युवकको चक्कु प्रहार गरी हत्या, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा युवकको हत्या, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी : कैलालीमा मंगलबार राती चक्कु प्रहारबाट एक युवकको हत्या भएपछि बुधबार बिहानै देखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको थियो। उनको मृत्युपछि उनका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।

उनले घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको बताए । प्रहरीले घटनाको अनुसन्धानका लागि केही ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भैरहेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार