काठमाडौं-धनगढी रुटमा मात्रै हवाई भाडा २२० रुपैयाँ बढ्यो

Buudha AIR

सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएको छ ।

अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै आइतबारबाट यो भाडादर कायम भएको छ ।

परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार सबैभन्दा बढी काठमाडौं-धनगढी रुटमा २२० रुपैयाँ बढेको छ ।काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ । पोखरा-विराटनगर रुटमा उड्ने यात्रुले प्रतिटिकट १८० रुपैयाँ बढी तिर्नुपर्छ ।

काठमाडौंबाट जुम्ला उडानमा १७० रुपैयाँ भाडा बढी पर्नेछ । काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौंबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको वायुसेवा संचालक संघले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार