प्रदेश युवा परिषद् द्वारा आयोजित २ दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न

प्रदेश युवा परिषद् सुदूरपश्चिमद्धारा आयोजित २ दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न

धनगढी : कैलालीको धनगढीमा २ दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ ।

प्रदेश युवा परिषद् सुदूरपश्चिमको आयोजनामा धनगढीमा दुई दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम शुक्रबार साँझ सम्पन्न भएको हो । तालिम बिहीबार र शुक्रवार चौलानी डिपार्टमेन्ट पछाडिको निको हलमा सञ्चालन भएको थियो ।

उद्यम व्यवसाय गर्दै आएका युवाहरूले दिगो आर्जन र दिगो व्यवसाय कसरी गर्न सक्छन् भन्ने उद्देश्यका साथ दुई दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिमको आयोजना गरिएको प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

उक्त २ दिने तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवा व्यवसायी र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले सहभागी हरूलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार