धनगढीमा शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

धनगढीमा शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम

धनगढी : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई बैंकिङ सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

धनगढी सन्तोषिटोल स्थित एसपीए कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल बैंकिङ र फाइनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदानका साथसातै बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत डष्टबिन वितरण कार्यक्रम पनि सम्पन्न गरिएको बैंकका शाखा प्रबन्धक रवीन्द्र शाहीले जानकारी दिए ।

साक्षरता कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेल र आई टी अफिसर तारा प्रसाद पाण्डेले विद्यार्थी लाई डिजिटल प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाइँदाका बारेमा जानकारी दिएका थिए । दुई सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता भएको कार्यक्रम कलेजका तर्फबाट विभाग प्रमुख रघुनाथ जोशी र प्रबन्धक निर्देशक सुवास बि शाहीले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूले व्यवहारिक ज्ञान पनि हासिल गर्ने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार