२ बर्ष देखि रोकिएका तालिम सञ्चालन गर्न सौन्दर्यकर्मीहरुकाे माग

२ बर्ष देखि रोकिएका तालिम सञ्चालन गर्न सौन्दर्यकर्मीहरुकाे माग

धनगढी : बिश्वब्यापी महामारीका रुपमा आएको कोभिड– १९ का कारण दुई बर्ष देखि रोकिएका तालिम सञ्चालनका लागी सौन्दर्यकर्मीहरुले माग गरेका छन ।

राष्टिय सौन्दर्यकर्मी युनियन सुदूरपश्चिम प्रदेश कमिटिकी अध्यक्ष शोभा रावल र सुदूरपश्चिम ब्युटिसियन यसोसियसन अध्यक्ष निशा सिहले सयूक्त रुपमा प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन ।

तह १ र तह २ सिप परिक्षण दिई आफ्नो दक्षता मापन गरीे तह २ को तालिम लिने ब्युटिसियनहरुको लागि सुदुरपश्चिममा परिक्षण नराखेको भन्दै आपत्ति जनाएका छन । उनिहरुले पाल्पा, पोखरा, हेटैडा लगाएतका जिल्लामा केन्द्र खोले पनि सरकारले सुदूरपश्चिमलाई भेदभाव गरेर उपेक्षा गरेको आरोप लगाए ।

सुदूरपश्चिम प्रदेशलाई राज्यले बिकासका मुद्धामा सधै भेदभाव गरीरहेपनि सिसिटिभि समेतले गरेको भेदभाव गरेको उनहरुले आरोप लगाए ।

व्यवसाय गरेर आफ्नो जिविका चलाउदै आईरहेका महिलाका लागि परिक्षणमा आवश्यक ५, ६ जना मोडल, सामाग्री, आउने गरे पनि आउने जाने खर्चका कारणले धेरै मुल्य चुकाउनु पर्ने गरेको उनिहरुको गुनासो छ ।

शुल्कमा सीप परीक्षणमा सहभागि हुन पाउने हाम्रो अधिकारलाई सुदुरपश्चिमको बासिन्दा भएकै कारणले बन्चित हुनु परेको कुरा प्रती आपत्ती प्रकट गर्दै नियीमत रुपमा धनगढीमै ब्युटिसियनको तह १ र तह २ को सीप परीक्षण स्थापना गर्नु पर्ने उनिहरुको माग छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार