ग्लोबल आइएमई बैङ्क द्वारा आयोजित वृहत् रक्तदान कार्यक्रममा ७४ जनाले गरे रक्तदान

ग्लोबल आइएमई बैङ्क द्वारा धनगढीमा वृहत् रक्तदान, ७४ पिन्ट रगत सङ्कलन

धनगढी : ग्लोबल ग्लोबल आइएमई बैङ्क लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले धनगढीमा वृहत् रक्तदान कार्यक्रमको आयोजन गरेको छ । बैङ्कले १५ औँ वार्षिक उत्सवको उपलक्षमा आयोजन गरेको रक्तदान कार्यक्रममा ७४ पिन्ट रगत सङ्कलन भएको छ ।

उक्त रक्तदान कार्यक्रममा ५ महिला १२ बैङ्कका कर्मचारी र अन्य ५७ जना गरी जम्मा ७४ जनाले आफ्नो अमूल्य दान रगत दान जीवन दान गरेको ग्लोबल आइएमई बैङ्क धनगढी चौराहा शाखाका शाखा प्रबन्धक शम्भु जोशीले जानकारी दिनुभयो ।

यस्तै, ग्लोबल आइएमई बैङ्कले रक्तदान लगायतका कामहरू देशव्यापी रूपमामा गरिरहेको बैङ्कका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुन्द प्रसाद भट्टले बताउनुभयो । भट्टले बैङ्कले आफ्नो १५ औँ वार्षिक उत्सवको उपलक्षमा सो कार्य गरिरहेको बताउँदै प्रतिकुल मौसमका बावजुत रक्तदान कार्यक्रममा सरिक हुनुहुने सबै जना प्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

शुक्रवार बिहान १० बजे देखी २ बजे सम्म धनगढीको चटकपुरमा अवस्थित बैङ्कको आफ्नै प्रदेश कार्यालय परिसर भित्र गरिएको वृहत् रक्तदान कार्यक्रममा रक्तदाताहरूलाई मायाको चिनो स्वरूप बैङ्कको लोगो भएको कप र प्रमाण पत्रसमेत प्रदान गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार