यसरी हेर्नुहोस्, तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ?

फेसबुक

नेपाली समाजमा फेसबुक लोकप्रिय सामाजिक सञ्जाल हो। प्रायःलाई काम विशेष होस् या निजी प्रयोगलाई फेसबुक सजिलो र भरपर्दो लाग्न सक्छ। तपाईं दिनमा कति घण्टा फेसबुक चलाउनुहुन्छ?

धेरैले अनुमान गरेर जवाफ दिनुहुन्छ होला। तर तपाईंले दैनिक कति समय फेसबुकमा खर्चनुहुन्छ ठ्याक्कै थाहा पाउन सक्नुहुन्छ। त्यसको तथ्यांक फेसबुकले राखेको हुन्छ।

  • यसरी पत्ता लगाउनुहोस् तपाईंले कति समय फेसबुकमा बिताउनुहुन्छः

– सुरूमा आफ्नो खाता लगइन गर्नुहोस्।

– होम पेजको सबैभन्दा दायाँपट्टी माथिल्लो भागमा रहेको तीन धर्को जस्तो मेन्यू रोज्नुहोस्।

– त्यसभित्र रहेको ‘सेटिङ्स एन्ड प्राइभेसी’ भन्ने विकल्प चयन गर्नुहोस्। त्यसमध्ये पनि ‘सेटिङ्स’ भन्ने विकल्प रोज्नुहोस्।

– अब यहाँ तपाईंले ‘अकाउन्ट’, ‘प्रिफिरेन्स’, ‘अडियन्स एन्ड भिजिबिलिटी’जस्ता खण्डहरू देख्‍न सक्नुहुन्छ। त्यसमध्ये ‘प्रिफिरेन्स’ भन्ने खण्डअन्तर्गत रहेको ‘योर टाइम अन फेसबुक’ भन्ने विकल्प चयन गर्नुहोस्। यो भनेको ‘फेसबुकमा तपाईंको समय’ भन्ने विकल्प हो।

– यति गरेपछि तपाईंले यहाँ चार वटा थप विकल्प देख्नुहुन्छ। त्यसमध्ये सबैभन्दा सुरूमा देखिने ‘सी योर टाइम’ चयन गर्नुहोस्।त्यहाँ तपाईंले एउटा बार चार्ट देख्नुहुन्छ। जसमा तपाईंले दिनमा कति समय फेसबुक चलाउनुभयो भन्ने मिनेटको हिसाबमा देखाउँछ।

तपाईंले दिनमा र रातको समयमा कति समय फेसबुक चलाउनुहुन्छ भन्ने पनि हेर्न मिल्छ। यसको लागि फोनको दायाँबाट स्वाइप (स्वाइप लेफ्ट) गर्नुपर्ने हुन्छ। त्यहाँ तपाईंले आफ्नो डेटा पाउनुहुनेछ। तपाईंले कति पटक फेसबुक एप खोल्नु भयो भन्ने पनि यसैगरी अर्को स्वाइप गरेर हेर्न सक्नुहुन्छ।

त्यस्तै, ‘योर टाइम अन फेसबुक’ भित्र भएको ‘म्यानेज योर टाइम’ भन्ने विकल्पबाट तपाईंले कति समय फेसबुकमा बिताउने भन्ने समय निर्धारण गर्न मिल्छ। म्यानेज योर टाइमभित्रै ‘डेल्ली टाइम रिमाइन्डर’ भन्ने देख्न सकिन्छ जसमा तपाईंले समय राख्न सक्नुहुन्छ। निर्धारण गर्नुभएको समय सकिएपछि फेसबुकले नोटिफिकेसनमार्फत तपाईंले सचेत गराउँछ।

फेसबुकबाहेक अन्य मोबाइल एप्लिकेसनमा तपाईंले कति समय खर्चनुहुन्छ अथवा बिताउनुहुन्छ भन्ने मोबाइलको सेटिङ्समार्फत हेर्न सकिन्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार