कविता : म बलात्कृत छोरी

सन्तोष बोहरा

बा !
ए बा
उठ न बा
होसमा आउँ अब त
छि:अत्ति भयो के
देख्नेले कुरी कुरी भन्ने बेला भइसक्यो
भएको खासै केही होइन बा
म त यहाँ म जस्ता सयौँ दिदी बहिनीहरू सँग छु जो म जस्तै बलात्कृत भएका रहेछन्
जो म जस्तै मारिएका रहेछन् जो म जस्तै विभिन्न झाडी र नालीमा फलिएका रहेछन्
जे भयो भयो बा
म यहाँ एक्लो छैन सयौँ दिदी बहिनीहरू छन्
अलिकति नियाँस्रो मात्र हो
अनि तिमि ? कयेय ! मान्छेको भिड्दा तिमि चाहिँ किन एक्लो?

यी सब दिदी बहिनीका बा आमा त्यतै छन् मन दरो गर बा
हेर त,आमा त बहुलाएकी छैनन्
त्यो पापीले म माथि आफ्नो पुरुषत्व देखायो
राक्षसी पारले
तिमि पनि आफ्नो क्षमता देखाऊ बा कसैले न्याय दिएनछन्
अब आफूले आफूलाई न्याय दिलाउनु पर्छ ।
कमसेकम त्यो होस होस गुमाउनु हुन्न थ्यो
तिमिलाई अब जसले जे भन्दा नि हुन्छ
तिमि खास्सै बुझ्दैनौ रे हो?
अनि त्यो खुट्टालाई महा अन्याय गरेका?

मैले मेरो शरीर त त्यही छोडे
म आत्मा बोलिरहेछु बा
ए बा!
बा!सुन्दै छौ होइन?
शरीर सँग छुट्ने बेला अलि पिडा भएको हो पछि त ठिकै हुदो रैछ बा।

ए साथी!
सरकार रैछ नि हैन बा हाम्रो देशमा
तिमिले ऐलेसम्म देखेका थिएनौ है ।
प्रचार प्रसार त यहाँसम्म आएको थियो बा मैले त देखे।
त्यही नदेख्नेलाई देखाउन क्ष्रण्र अक्षरमा नयाँ युग लेखाउन ताम झम सङ आएको रे नि बा ।

मलाइ येहि त दुःख लाग्छ नि बा तिमि निरीह छौ क्या
बच्चा जस्तो मन
कस्तो कच्चा मुटु
यहाँ देशले कोल्टो फेर्ने भइसक्यो बल गर बा
तिमि पनि हस्पिटलको बेडमा कोल्टो फेर

आँखा खोल बा
अनुहार पनि हेर्दा हेर्दै अर्को भइसक्यो
म मेरा बा लाई राम्ररी चिन्छु
अरू कसैले चिन्दैनन्
मेरा बा बहादुर छन्
केही दिन बिश्राम मात्र लिएका हुन
उठ बा।
अब त उठ
त्यो छातीमा खोपिएका सलायन पानीका सुइँ निकालेर फालिदेऊ बा
कुनै सिनेमाको हिरो भन्दा कम छैनौ तिमि
एक पटक बाहिर त निस्क
यहाँ टोल टोलमा बलात्कार छ अनि पोल पोलमा सरकार छ
आहा ! क्या चमत्कार भाछ तिम्रो होस गुमेपछि।

बा
आहा क्या बात!
नयाँ युगको सुरुवात पुरा गर्दै छ रे सरकार
आफ्नो बाचा आउँदै छ रे नि सामाजिक सुरक्षा

उठ बा
तिमिलाई केही भएकै छैन भएको मलाई हो
म त ठिक भइसके
उठ बा सम्हाल आफूलाई
आराम गर्न पुग्यो अब उठ।

लेखक :- सन्तोष बोहरा
उपनाम :- राजनीति बाट पिडित एक युवा
अध्ययन :- +2 कानुन अध्ययनरत,ऋत एकेडेमी बशुन्धारा,काठमाडौँ,नेपाल ।
ठेगाना :- शिखर नगरपालिका वार्ड नम्बर ११, ताेलगडा,डोटी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार