विप्लव निकट विद्यार्थी सङ्गठनद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध टायर बालेर प्रदर्शन

पेट्रोलको खुद्रा बिक्री मूल्य १४५

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीहरू द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध टायर बालेर प्रदर्शन

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा भक्तपुरमा प्रदर्शन गरेको छ । उनिहरुले आइतबार बिहान भक्तपुरमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीले नाराबाजीसहित टायर बालेका हुन्।

शनिबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टीतेलको साबिक बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको थियो।

योसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टीतेलको १२८ रुपैयाँ कायम भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार