फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोल १६० रुपैयाँ पुग्यो, ग्यासको कति ?

नेपाल आयल निगम

फाईल तस्बिर

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ।  निगम संचालक समितिको मंगलबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

यससँगै  काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल र डिजेल–मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १६० र १४३ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ  । यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि  भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १६० रुपैयाँ पुग्यो

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार