धनगढीमै नेवारी खाजाको स्वाद, धनगढी ८ शिव पुलमा नेवारी खाजा घर सञ्चालन

धनगढीमै नेवारी नेवारी खाजाको स्वाद, धनगढीमा ८ शिव पुलमा सञ्चालनमा आयो नेवारी खाजा घर

धनगढी : धनगढी उप-महानगरपालिकाको वडा नंं. ८ शिव पुलमा नेवारी खाजा घर सञ्चालनमा आएको छ । कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी तथा धनगढी वासीलाई नेवारी परिकारको स्वाद दिने गरी क्याम्पस जाने बाटो शिव पुल छेउमै खाजा घर सञ्चालनमा ल्याइएको हो ।

बिहीबार नेवारी खाजा घरको उघद्धाटन् सुदूरपश्चिम प्रदेशसभाको प्रदेश मामिला तथा विधायन समितिका सभापति नेपालु चौधरीले गरेका हुन् । चौधरीले धनगढीमा नेवारी परिकारको स्वाद दिने प्रयत्न गरेकोमा धन्यवाद दिँदै व्यवशायीक सफलताको शुभकामना समेत दिएका छन् ।

त्यस्तै, नेवारी खाजा घरका सञ्चालक मञ्जीत श्रेष्ठले विशेष गरी विद्यार्थीहरू र धनगढी वासीलाई नेवारी खाजाको स्वाद चखाउने प्रयास गरेको बताएका छन् । उनले खाजा घरमा नेवारी खाजा/नास्ताका विभिन्न परिकारका साथ-साथै ग्राहकको अडर अनुसारका नास्ताका परिकारहरू पाइने जानकारी दिए ।

साथै, पायक पर्ने व्यक्तिहरूलाई एक पटक खाजा घरमा आई नेवारी परिकारको स्वाद लिन र सेवाको मौका दिन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार