करोड लगानीमा गोदावरी ८ स्याउले बजारमा साथी मार्टको नयाँ शाखा सञ्चालन

करोड लगानीमा गोदावरी ८ स्याउले बजारमा साथी मार्टको नयाँ शाखा सञ्चालन

धनगढी : कैलालीको गोदावरी नगरपालीका ८ स्थीत स्याउले बजारमा साथी मार्टको नयाँ शाखा उद्घाटन गरिएको छ । शनीबार एक औपचारीक कार्यक्रमकाबिच अत्तरिया उघोग वाँणीज्य संघका अध्यक्ष अशोकराज देवकोटाले शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले स्थानीय बजारमा सञ्चालनमा आएको साथी मार्टको शाखाले स्याउलेको व्यवशायीक विकाशमा नयाँ इटा थपीएको बताए ।

उनले युवाहरुले गरेको प्रयासले केहि व्यत्तिले रोजगारी समेत पाएकाले पैसा कमाउनकालागी विदेश नै जानुपर्छ भन्ने नरहेको बताए । यस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालीका ८ का अध्यक्ष नरेश अधिकारीले स्याउलेमा मार्ट सञ्चालनमा आईसकेपछी स्थानीय बजारमा म्याद गुज्रेका वस्तु बिक्री बन्द हुने विश्वास व्यत्त गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले साथी मार्टको शाखा सञ्चालनमा आइसकेपछी यहाँका ग्राहकलाई सामान किन्नकालागी पसल पसल जानुपर्ने,सानो सामानपनी नपाइँदा अत्तरिया वा धनगढी जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

यहाँका ग्राहकले मार्ट अधिक रुचाउने विश्वास पनी उनले व्यत्त गरे । देशभर ९५ औँ शाखाको रुपमा तथा सुदूरपश्चिममा पाँचौ शाखाको रुपमा स्याउले शाखा उद्घाटन गरिएको हो । गोदावरी नगरपालीका ८ का युवा बिक्की ओझा र धनगढी उप-महानगरपालीकाका सोबि रानाले एक करोडको लगानीमा मार्ट सञ्चालनमा ल्याएका हुन् ।

मार्टमा आठ सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छ । साथी मार्टका सिइओ सरोज पोखरेलले यसै आर्थीक वर्षमा देशभर ३०० ओटा शाखा सञ्चालनमा ल्याउने तयारी भएको बताए ।

उनले देशभर १ हजार शाखा सञ्चालन गर्ने लक्ष्य रहेको भन्दै निकट भविष्यमा विदेशमा समेत शाखा खोल्ने बताए । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन समेत सकिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार