धनगढीको नेपाल वेस्टर्न कलेजमा रक्तदान कार्यक्रम, ३४ पिन्ट रगत सङ्कलन

धनगढीको नेपाल वेस्टर्न कलेजका विद्यार्थीहरूले गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत सङ्कलन

धनगढी : धनगढीको नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजका विद्यार्थीहरू ले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । ‘किनकि जीवन अमूल्य छ’ भन्ने नारा सहित कलेजका विद्यार्थीहरूको क्लब नेपाल वेस्टर्न भोलीयन्टर क्लबले (आज) शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल वेस्टर्न कलेज र रेडक्रस कैलालीको सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ३४ जनाले रगत दान गर्दा ३४ पिण्ट नै रगत सङ्कलन भएको नेपाल वेस्टर्न भोलीयन्टर क्लबका अध्यक्ष तथा बिबिए बि आई पहिलो सेमेस्टर अध्ययनरत विद्यार्थी ओम प्रकाश शाहले जानकारी दिए ।

गर्मीको समयमा रगतको अभाव हुने समस्यालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा कलेजका अध्यक्ष शैलेस सिंह का साथै बिबिए बि आई पहिलो सेमेस्टर देखी आठौँ सेमेस्टर अध्ययनरत विद्यार्थीहरूले रगत दान गरेको शाहले बताए ।

धनगढीको नेपाल वेस्टर्न कलेजमा रक्तदान कार्यक्रम
धनगढीको नेपाल वेस्टर्न कलेजमा रक्तदान कार्यक्रम

विद्यार्थी हरूको क्षमता अभिवृद्धि, आत्मबल बढाउन र सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो योगदान दिन २०२२ अप्रिल १० देखी कलेजबाट मान्यता पाई सञ्चालनमा आएको (एन,डब्ल्यु,भी,सी) नेपाल वेस्टर्न भोलीयन्टर क्लबले आज आफ्नो पहिलो कार्यक्रम स्वरूप रक्तदान गरेको शाहले जानकारी दिए ।

नेपाल वेस्टर्न कलेज स्थापना काल देखी नै टोल सरसफाइ कार्यक्रम, मिनी-म्याराथन लगायतका विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार