उम्मेदवारको दाबेदारि गर्ने धेरै भए तर गाउँ समाज र देश निर्माणको लागि खबदारि गर्ने कोही भएन

बिचार / ब्लग

उम्मेदवारको दाबेदारि गर्ने धेरै भए तर गाउँ समाज र देश निर्माणको लागि खबदारि गर्ने कोही भएन

दिपक संगम विश्वकर्मा: आजको आधुनिक युगमा मुलुकमा विकाश पनि वैज्ञानिक ढङ्गले हुनुपर्ने हो । निर्वाचन आयोगले हरेक पाँच पाँच वर्षमा देशमा निर्वाचन गर्ने गरेको छ तर त्यस मा भाग लिने एक सय भन्दा बढी दलहरू समावेश भयका छन् ।

चुनाव आउँदा मात्र म देशको निकास गर्छु, म यो गाउँ समाज , देश लाई अब सिँगापुर बनाई दिन्छु, जापान जस्तो बनाई दिन्छु ,भन्ने मात्र आउछन । चुनाव आउँदा घाँटीको नसा बङ्गगायर बोल्ने नेताहरू चुनाव आउँदा किन सेलाएर बस्छन्। यो कुरा अब हामी आमा नेपालीहरूले बुझ्नु पर्ने बाध्यता आयको छ ।

चुनाव आउँदा मात्र म यो गाउँ को अनुहार फेरि दिन्छु ? यो गाउँपालिका का सबै वडाहरू मा पिच सडक पुगाई दिन्छु , यो गाउँमा सुविधा सम्पन्न  खानेपानी , बिजुली शिक्षा स्वास्थ्य खोला नाला सबै सुधारेर समुन्नत समाजको निर्माण गर्छौ ,तपाई हामी लाई भोट दिनु भन्छन् । सोझा साझा गाउँका सर्वसाधारण  नताहरू लाई विभिन्न लोभ प्रलोभन ,ललाई पखाई गरी आफ्नो भोट पोल्टोमा पारि सके पछि त्यो गाउँमा फर्की नहेर्ने नेताहरू धेरै रहेका हामीले हाम्रो आँखाले देखेकै छाै।

बुढा आमाबुबा हामीले पनि भोट लिनु पर्छ , अब त केही गर्छन् कि भनेर वैशाख को टन्टलापुर को घाम मा पनि पानी नखाई-नखाई हातमा लाैडि समाइ झुन्डिएर भोट हाल्न तल्लीन देखेकै हु नि ? खै त , ती बुढा आमाहरू को भरोसा आज किन टुटायत  ? भोट हाल्न यो पटक मात्र हो हातमा लाैडि समातेर आउनु पर्ने अब को पाँच वर्षमा घरको आँगन बाटै गाडीमा चढेर आउने आशवासन दिनेहरू आज कुन मुखले , कुन नाग देखाउन फेरि किन तेहि पुरानो बस्ती मा जान पनि लाज लाग्दैन है । सोझा मान्छे लाई फसाउन पनि तरिका हुन्छ नि ,एक हजार को नोट दिएर  म लाई आज भोट दिनु भन्ने नेताहरू को कमी छैन आजकाल ।

गाउँमा न राम्रो खानेपानी छन् , नराम्रो सुविधाजनक अस्पताल छन् । हामीले समाचारमा , सामाजिक सञ्जालमा विभिन्न मिडियाहरू मा देखेकै हाैला अस्ति सुदूरपश्चिम प्रदेश को पहाडी भेगमा एउटा महिलाले गाउँ मा अस्पताल नहुँदा बाटोमा बच्चा जन्माएको खबर  । सरकारले सामाजिक सुरक्षा भत्तामा वितरण गर्दा ,नयाँ नियम लागू गरी टन्टलापुर को घाममा लाइनमा बसी भत्ता लिनेको लाई अझै कमी भयको छैन। त्यसैमा पहाडी इलाका मा त बुढा आमाबुबाहरू लाई डोकोमा बोकेर भत्ता लिन लगाएको समाचार पनि हामीले न देखेका हैनौ। गाउँका स्वास्थ्य चौकीमा सामान्य झाडापखाला को ओखती  नपाएर कर्णाली प्रदेका तथा पहाडी क्षेत्रमा यस्ता घटनाहरू धेरै घटिरहेको हामीले पाईरकेका छाै ।

यस्तो समाजको दर्दनाक घटनाहरू कहिले सम्म हामीले हाम्रो आँखाले देखिरहने, कानले कति सुनिरहने । केन्द्र बाट बजेट नआएको हैन तर प्रदेश सरकार र स्थानीय सरकार बाट आज धेरै भ्रष्टाचार भएको छन्। खालि चुनाव आउँदा भोट मात्र दिनु भनेर कराउनेहरू विकास को नाममा एक सिन्को पनि न भाँचेका देखेकै छाै। पालिकामा को कति भ्रष्टाचार छन् हामीले राम्रोसँग चिनेका छाै , अब को भोट हामीले खेर जान दिनु हुँदैन।

अब जुन पार्टीले समाजमा विकास गर्छन् ,भ्रष्टाचार हीन गरी सुखी नेपाल बनाउँछ ,गाउँ समुदाय पालिकामा राम्रो विकास गर्छ हाम्रो हैन राम्रो लाई भोट दिनु पर्छ। सकिन्छ थोरै विकाश गराै तर दिगो विकाश गराै महिनामा एक हजार किलोमिटर कच्ची सडक बनायौ तर वर्षाको पानीले परै बगाएर सडक मुनिका बस्तीहरू बगाएर सखाप पारेका घटनाहरू हामीले न देखेका हैनौ । नेपाल प्रत्येक स्थानीय तहमा सुविधाजनक अस्पताल को बाल्यावस्था हुनु पर्छ। हरेका वडामा बैङ्क को शाखा निर्माण हुनु पर्छ । हरेक गाउँ मा कसैले पनि स्वास्थ्य सेवा को कारण ज्यान गुमाउनु नपरोस् । सामाजिक सुरक्षा भत्ता  बुढा पाखा को हातमा दिने बाल्यावस्था मिलाऊ ।  पहाड बाट तराई बसाइसराइ गर्नु को कारण पत्ता लगाई पहाडमै केही व्यापार गरी खाने ब्यावस्थम मिलाई देऊ ।

चुनाव आउँदा मात्र गतिला ठुला ठुला सभा सम्मेलन कार्यक्रम गरी जनतालाई झुकाएर भोट आफ्नो पोल्टोमा पार्ने काम मात्र न गराई  । तपाईँहरू को नाटक धेरै भयो अब हामी यस्तो भ्रष्टाचार नेताहरू लाई तह लगाउने समय आयको छ । एक पटक एस पटक हामीले आँखा खोलेर छातीका हात राखेर विश्वासिलो जनप्रतिनिधि छान्न चुन्न को लागि पालो आयको छ।अब हामीले आत्मा निडर बनाएर छलकपट विहीन राजनीति गर्न छोड्नु पर्न ।  भूकम्पले चिरा परेको मेरो देश नेपाल अब हामी सबै मिलेर मलम लाउने बेला आयको छ । अब त अति भयो देशको फोहरी राजनीति ।

आफूले सत्ता पाएन , कुर्सी पाएन भन्दैमा पार्टी  परित्याग गरी हिँड्दैमा समस्या समाधान हुँदैन। आफूमा केही कमि कजोरि भएर त केही समस्या आयको होला भन्ने कुरा कोही बुझ्दैनन्। सधैँ  आफू मात्र मन्त्री हुन पाउ आफू मात्र पार्टी अध्यक्ष हुन पाउ ,आफू मात्र भ्रष्टाचार गरूँ भन्ने मात्र सोच राखेर हुन्छ , वर्षाै सम्म ,राजनीतिमा लागेका अन्य युवाहरू लाई पनि त पालो दिनु पर्छ नि । अझै पहि केही बिग्रेको छैन, अब पालो आयको छ । हामीले यसै पटक हाम्रो भोट खेर जान दिनु हुँदैन किन भने हामीले पटक पटक  उनीहरू लाई भोट दिइरहँदा अब केही फरक गर्ने लाई भोट दिन जरुरी रहेको छ ।

यो देशको परिवर्तन को  लागि अब नयाँ अनुहार ल्याउनु पर्छ नत्र धेर भयो नाटक पुरानाहरू को अवस्था अनुसार को बाल्यावस्था मिलाउनु पर्छ। जनताको मनोभावना लाई कदर गर्ने लाई भोट दिनु पर्छ जनतालाई चोट दिने लाई हैन । देश आर्थिक सङ्कट मा परिरहेको बेला  यस बाट जोगाउ हामी लाई अप्ठ्यारो परेको छ । नेपाल खर्चिलो संसदीय बाल्यावस्था ले गर्दा यो समस्या आइपरेको हो ।कति पय क्षेत्रहरू मा जनप्रतिनतिहरूले आफ्नो कार्यकर्ता लाई नै कुटपिट गरेका घटनाहरू हामीले सामाजिक सञ्जालमा देखेका छाै । कतिले गाली पनि गरेका देखेका छाै ।

यत्रा  नेताहरू लाई भोट दिएर हामी लाई के फाइदा होला र यसको बारेमा पनि सोच्ने बेला आयको झन् एक पटक यश पटक हामीले राम्रोसँग जनप्रतिनिधि छनोट गर्न सकेमा देशको अनुहार केही  फेरिने थियो कि  । अब पालो आयको छ हाम्रो हातमा त्यस पछि मात्र यो देश केही परिवर्तन हुने छ ।

नोट: माथि उल्लेखित हरेक शब्द लेखक स्वयमका हुन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार