कैलालीको अत्तरियामा अत्याधुनिक सुविधा सम्पन्न अत्तरिया हस्पिटल सञ्चालन

कैलालीको अत्तरियामा अत्याधुनिक सुविधा सम्पन्न अत्तरिया हस्पिटल सञ्चालन

धनगढी : कैलालीको अत्तरियामा अत्याधुनिक सुविधा सम्पन्न अत्तरिया हस्पिटल सञ्चालनमा आएको छ । अत्तरिया चोक नजिकै महेन्द्रनगर रोडमा १५ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न अत्तरिया हस्पिटल सञ्चालनमा आएको हो ।

सोमबार हस्पिटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अत्तरिया हस्पिटलका प्रमुख डा. आनन्द पाठकले सुदूरपश्चिमका ७ पहाडी जिल्ला र तराई २ जिल्लाका नागरिकलाई केन्द्रित गरी प्रदेशमै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ २४ घण्टा सेवासहित अत्तरियामा अत्तरिया हस्पिटलले सेवा सुचारु गरेको  जानकारी दिए ।

अस्पतालमा ई सिजी मेशिन, डिजिटल एक्स-रे, अत्याधुनिक ल्याब, भेन्टिलेटर, आइसियु, एनआईसियु, आकस्मिक उपचार कक्ष, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, दूरबिनबाट पत्थरी, एपेन्डीक्स,हर्निया हाइड्रोशील लगायतको सम्पूर्ण शल्यक्रिया, लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको अस्पतालले जनाएको छ  ।

हस्पिटलमा १० जना अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा दिई रहेका छन् । हाल हस्पिटलले १५ बेडको स्वीकृति लिएको र  १०० बेड सम्मको भौतिक संरचना बनाइएको हस्पिटलका प्रमुख डा. पाठकले बताए ।

केही समयपछि थप सेवा बिस्तार गरिने पनि बताए । बिरामी अन्यत्र जानू पर्ने समस्यालाई केन्द्रीय गरेर एउटै हस्पिटलबाट सबै प्रकारका स्वास्थ्य सेवा दिने गरी हस्पिटलले सेवा बिस्तार गर्ने लक्ष्य रहेको हस्पिटलका प्रमुख डा. पाठकले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार